नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधवार बढुवा समितिको सिफारिस अनुसार बढुवा निर्णय गर्नुभएको हो। २०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरूलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला र चन्द्रकुवेर खापुङ रहनुभएको छ ।

ADVERTISEMENT

यस्तै जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र बिकासराज खनाल पनि डीआईजीमा बढुवा हुनुभएको हो ।

बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरू चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिनुभएको थियो । तर उहाँहरूको उजुरीले सिफारिस बदर भएन ।

बढुवा सिफारिसविरुद्ध उजुरी परेपनि उजुरी सुन्ने लोक सेवा आयोगले एक दिनमै छिनोफानो गरेको हो । डीआईजीमा बढुवा भएसँगै उहाँहरूले आज नै दर्ज्यानी चिन्ह लगाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?