बुटवल । क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि चेतना मूलक कार्यक्रम गर्दै आइरहेको नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका लाई सम्मान गर्ने भएको छ ।
सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउने क्यान्सर रोगको रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान गर्दै ती पालिकाहरुमा सुर्तीजन्य पदार्थ निषेधका लागि चालेको प्रभावकारी कदमको स्वागत गर्दै विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिवस मे ३१ (जेष्ठ १७)का दिन उक्त पालिकाहरुलाई सम्मान गर्ने निर्णय गरेको संस्थाका सचिव प्रजापाल गिरीले वताउनु भयो ।
प्राणघातक प्रकृतिको क्यान्सर रोग सम्पुर्ण विश्व, हाम्रो देश र समाजकोलागि ठूलो चुनौती भएको बेला स्थानीय तहबाट भएको यसप्रकारको निर्णय र घोषणा ले सुर्तीजन्य पदार्थबाट निम्तिने क्यान्सर रोग रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै सम्मान गर्न लागिएको संस्थाका सल्लाहकार मधुसूदन गैह्रेले बताउनु भयो ।
स्थानीय पालिकाहरुले दृढ इच्छाशक्ति राखेर आफ्ना कार्यक्रमहरु अगाडि बढाउने हो भने यसमा नागरिक समाजको व्यापक समर्थन रहने भएकाले सुर्तीजन्य पदार्थ मुक्त जिल्ला निर्माण गर्न सकिने कुरा संस्थाका सदस्य चोला पाठकले बताउनुभयो ।
बैशाख २५ नेपाल अर्बुदरोग निवारण संस्था रुपन्देही का आजीवन सदस्यहरूबीच शुभकामना तथा भेटघाट कार्यक्रम तयगर्दै सम्पन्न बैठकको सभापतित्व संस्थाका सभापति खिमबहादुर हमालले गर्नु भएको थियो ।
हमालको सभापतित्वमा भएको बैठकमा उपसभापति बीना न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र मुनी शाक्य, सहकोषाध्यक्ष पुनम पौडेल, सदस्य उमादेवी थापा, रमेशकुमार पराजुली, इन्दिरा पाण्डेले आआफ्नो धारणा राख्नुभएको थियो ।
यसअघि संस्थाले जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासनकार्यालय बुटवल,बुटवल उपमहानगर पालिका, तिलोत्तमा नगरपालिका लगायत रुपन्देही जिल्लाका विभिन्न पालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउदै आएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts