मिटरब्याजी पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । १५ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका मिटरब्याजपीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंको शान्तिवाटिकामा सोमबार मिटरब्याजपीडित र प्रहरीबीच झडप भएको हो । झडपमा केही मिटरब्याजपीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिवाटिकामा बसेर शान्तिपूर्ण आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सो प्रदर्शन पनि शान्तिपूर्ण रूपमै गर्ने तयारीमा उनीहरू थिए । तर, प्रहरीले भने सोमबार बिहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याजपीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि दुईपक्षबीच झडप भएको हो ।

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरादेखि लाठीचार्जसम्म गरेको छ । यता, मिटरब्याज पीडितले पनि प्रहरीमाथि ढुंगामुढा बर्साएका थिए । प्रहरीको लाठी लागेर केही मिटरब्याजपीडित घाइते भएका छन् । घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरूको टाउको र शरीरका विभिन्न अंगमा चोट लागेको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मदुुर संघर्ष समितिका उपाध्यक्ष कुलबहादुर थापा, नवलपरासीका अकबर मियाँ, इलामका लोकनारायण सुवेदी, सर्लाहीको कृष्णनन्द महतो, ओखलढुंगाका प्रदीप नेपाल, नवलपरासीका तीलराम चौधरी, बालाजुका सिताराम तामाङ, रुकुमका यमकुमारी टडेल, सिरहाका देवी देविशाको ट्रमा सेन्टरमा उपचार भइरहेको हो । पक्राउ परेका मिटरब्याजीहरूलाई प्रहरीले सोमबार नै छाडिसकेको जनाएको छ । झडपमा केही प्रहरी पनि घाइते भएको बताइएको छ ।

११ दिनको पैदलयात्रापछि गत महिना बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले चैत १८ गते गरेको पाँच बुँदे सहमति फितलो भएको भन्दै दबाब दिन यो समूहका पीडितहरू काठमाडौं आएका हुन् । गत वर्ष २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले १ असोजमा सम्झौता गरेको थियो । गत जेठमा उनीहरूले १४ दिनसम्म धर्ना दिएका थिए । त्यसपछि साउनमा ४७ दिन धर्ना दिएका थिए । दुई चरणको धर्नापछि गृह मन्त्रालयले सुदखोरहरूको धनसम्पत्ति छानविन गर्ने, पीडितलाई लिखित र मौखिक धम्कीबाट मुक्त गर्नेलगायत सम्झौता गरेको थियो । तर, समस्या समाधान नभएपछि चैतमा उनीहरू फेरि काठमाडौं आएर प्रदर्शन गरेका थिए । र, सरकारले समिति नै गठन गरेर उनीहरूको माग सम्बोधन गरेको थियो ।

ADVERTISEMENT

सरकारले यो बीचमा केही मिटरब्याजीलाई नियन्त्रणमा लिएर कारबाही पनि गरिसकेको छ । तर, सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै विभिन्न २० जिल्लाका सयौँ मिटरब्याज पीडितहरू चैत २० गते काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालको आयोजनामा भएको प्रदर्शनमा उनीहरूले नयाँ सहमति गर्, किसानको भूमि फिर्ता गर्, फर्जी, सुदखोरहरूको सम्पत्ति खारेज गर्, तमसुकका आधारमा भूमि लिलामी बन्द गर्, मिटरब्याजीलाई कारबाही गर्, अदालतमा दायर गरेका मुद्दा खारेज गर् लगायतका माग गरेका छन् । सरकारले आफ्ना माग पूरा नगरेसम्म घर नफर्किने उनीहरूको अडान छ । उनीहरू काठमाडौं आएयता सडकमै पाल हालेर सामूहिक रूपमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *