सडक दुर्घटनामा मोरङमा एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

उर्लाबारी । मोरङको उर्लाबारीमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी-४ आइतबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।

आइतबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश १-०२-०४७ प १६४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएको पैदलयात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ वर्षीय लोकबहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ADVERTISEMENT

ठक्कर दिने मोटरसाइकल र चालक सुनसरी इटहरी उपमहानगरपालिका-२ का २२ वर्षीय प्रविन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज