अक्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन्: नैनसिंह महर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताउनुभएकाे छ । आज चितवनमा क्षेत्र नम्बर २ को चुनावी कोणसभामा बोल्दै नेता महरले राजनीतिमा  शुद्धीकरणको नारा दिएर छोटो समयमै स्थापित भएका नयाँहरू दर्जनौँ काण्डमा मुछिएकाले उनीहरूको नैतिकता धर्मराएको बताउनुभयाे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्‍गित गर्दै उहाँले भन्नुभयाे, 'उहाँले नयाँ अनुसारको ढोङ फुक्नु भएको थियो। जनतालाई भ्रमित पार्ने काम गर्नुभएको थियो । तर, एकपछि अर्को विवादित कुरा सार्वजनिक भएसँगै उहाँको भ्रमको मुकुन्डो उदाङ्‍गो भएको छ । जनतालाई लामो समय भ्रममा राख्ने उहाँहरूको सड्यन्त्र विफल भएको छ ।'

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरले बताउनुभयाे।

'चितवनका जनता सचेत हुनुहुन्छ । उहाँ अब भ्रममा पर्नुहुने छैन । आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले कांग्रेसको पक्षमा मत जाहेर गर्ने छन् । नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएकोमा त्यो दिनानुदिन हट्दै गएको छ । उहाँहरूको असली चरित्र बाहिरिँदा जनता सचेत बनिरहेका छन्,' महरले भन्नुभयाे ।

ADVERTISEMENT

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै करोडौंको बार्गेनिङ गर्नुले उनीहरू कस्ता चरित्रका हुन् भन्ने प्रस्ट भएको महरले बताउनुभयाे । भ्रमको पर्दा उध्रिसकेको अवस्थामा जनता जागरूक नबने लोकतन्त्रलाई खतरामा पार्ने शक्तिहरू सलबलाउनेतर्फ उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।

'उपनिर्वाचनको लागि हामी चितवनका टोल-टोलमा छौं । किन फेरि उपनिर्वाचन हुँदैछ? भन्ने प्रश्नले हामीलाई घेरेको छ । फोहर सफा गर्न राजनीतिमा आएका हौं भन्ने नयाँ स्वेतवस्त्रधारीहरू यति चाँडै कुरूप बन्दा उपनिर्वाचनमा आउनु परेको हो । तपाईंहरूले यो कुरालाई बुझेर फोहर थुपार्नेहरूको विकल्प खोज्न तयार हुनुहोला,' उहाँले भन्नुभयाे।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज