पोखरीमा डुवेर एक युवकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता

सांकेतिक तस्बिर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु भएको छ । आज विहान नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ गाउँपालिका-३ भूतखोलास्थित पोखरीमा घुम्न आएका सिद्धार्थनगरपालिका-१२ बेलहियाका २० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए ।

पोखरीमा डुवेका उनलाई तत्काल प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो । जैशवालको उपचारका क्रममा चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ADVERTISEMENT

उनी भैरहवाबाट साथीहरुसँगै घुम्न आएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?