चन्द्र भण्डारीले भने- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, छिट्टै फर्किन्छु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहनुभएका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ।

ADVERTISEMENT

सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’

उहाँले छिट्टै नै स्वदेश फर्किने पनि बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज