चलचित्रमा अभिनय नगरेकाहरुको संघको सदस्यता खारेज हुने

Read Time = 4 mins

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरुको सदस्यता खारेज गर्ने बताउनु भयो ।

उहाँले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सदस्य बनेकाहरुले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरुले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरुको बारेमा जानकारी दिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सदस्यताको विषयमा कुरा आइरहेको छ । त्यसलाई हामी हाम्रो कार्यकालमा स्पष्ट गर्नेछौँ । जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौं । सदस्य बन्नुभएकाहरुले सदस्य बन्दा धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दैछौँ, अभिलेखीकरणका लागि आइदिनुहोस् ।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरुले ७० लाखसम्म पारिश्रमीक बढाएको भन्दै कलाकारसंघले न्युनतम पारिश्रमीक तोक्नुपर्ने माग गर्नुभयो । उहाँले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्ना मागहरु राख्नु कुनै गलत छैन तर अहिलेको परिस्थितिलाई हेरेर मात्रै आफ्नो पारिश्रमीक तोक्नुपर्छ । सात, आठ वटा फिल्मले मात्रै लगानी उठाउन सकेका छन् तर अन्य चलचित्र डुबेका छन्, पारिश्रमीक बढाउने कुरा जुन आइरहेको छ, अहिले निर्माताहरुलाई फिल्म बनाउन नै धौधौ भइरहेको बेला स्टारहरुले ५० लाखदेखि ७० लाखसम्म लिने कुराले निर्माताहरुको लगानी सुरक्षित छैन, त्यसैले कलाकार संघले स्टारहरुको न्युनतम पारिश्रमीक तोक्ने काम गरोस्, स्टारडमपप विश्वस्त भए निर्मातासँग पार्टनरसिपपको रुपमा जानुस् ।’
त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरुलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघका नियमित सदस्यज्युहरु जो नागरिकता अनुसार ७० वर्ष नाघिसक्नुभएको छ, उहाँहरुलाई निःशुल्क आजीवन सदस्य निर्णय भएको छ । कलाकारका हीत र चलचत्रि उद्योगको प्रवद्र्धनका लागि सल्लाह दिनुहोला ।’

महासचिव श्रेष्ठले कलाकारका हीत र चलचत्रि उद्योगको प्रवद्र्धनका लागि कलाकार संघ सदैव तयार रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *