ढाकाको चेतावनी-कारबाही भए रविसहितको ‘कोर टिम’ भण्डाफोर गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे ‘कोर टिम’ भण्डाफोर गर्ने चेतावनी दिनुभएको छ ।

अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई मंगलबार करिब एक घण्टा बयान दिने क्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

श्रेष्ठसँग समितिले मंगलबार एक घण्टा लामो बयानसमेत लिएको थियो । त्यसअघि श्रेष्ठले सोमबार इमेलमार्फत् लिखित स्पष्टीकरण बुझाएर आफ्नो आवाज एडिट गरेको दाबी गर्नुभएको थियो । मंगलबार भौतिक रुपमा अनुसन्धान समिति समक्ष उपस्थित भएका श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान दोहोर्याउनुभएको छ ।

ADVERTISEMENT

उहाँले बयानका क्रममा अधिकांश समय रास्वपा गठनमा आफ्नो योगदान सम्झन आग्रह गर्नुभएको थियो । उहाँले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने बयान दिनुभएको थियो। ‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उहाँले धम्की दिनुभएको छ’ स्रोतले भन्यो ।

समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । श्रेष्ठले मन्त्री हुन दुई करोड लामिछाने निकट कोर टिमलाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो। रास्वपाले त्यसबारे अनुसन्धानका लागि डा. भरतमणि देवकोटाको संयोजकत्वमा चार सदस्यीय अनुसन्धान समिति बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?