बैतडीमा जिप दुर्घटना हुँदा एकै गाँउका ६ जनाको मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । खोडपे-बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्युभएको छ । मंगलबार राती ११ बजेतिर झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्युभएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका-५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् ।

ADVERTISEMENT

जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कबिहिन् छन् ।

घटनास्थलबाट शव ल्याउने कार्य बिहान मात्रै गरिने घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय र्बैतडीका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज