नेपाल पुलिस क्लबको विजयी सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल पुलिस क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो ।

विभागीय डर्बी भिडन्तमा पुलिसले एपिएफलाई पहिलो सेटमा २५-२१, दोस्रो सेटमा २५-२२ र तेस्रो सेटमा २६-२४ ले हराएको हो । पहिलो खेलमा जित निकालेसँगै समूह ‘बी’ मा पुलिसले तीन अंक जोडेको छ । र, पुलिसले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा तीन विभागीयसहित गण्डकी र सुदूरपश्चिम गरी पाँच टोलीको सहभागिता रहेको छ । लिग चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठनको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, तेस्रो हुने टोलीले नगद एक लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ । यस्तै, विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?