काठमाडौं । सभाामुख देवराज घिमिरेसहित प्रमुख तीन दलको बैठक बसिरहेको छ ।
बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ ।
यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल न्यौपाने पनि सहभागी हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता