भोजपुरको दिङलामा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । छैठौ संस्करण अन्तर्गत भोजपुरको उत्तरी क्षेत्र दिङलामा खुला पुरुष डवल व्याडमिन्टन प्रतियोगिताको सुरु भएको छ ।

प्रदेश स्तरीय प्रतियोगितामा ए डिभिजन तर्फ ८ टिम सहभागी भएका छन् भने बि डिभिजन तर्फ ३१ टिम सहभागी छन् ।  प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने छ ।

बिगतदेखि संचालन हुँदै आएको प्रतियोगिता अन्तर्गत यस बर्ष देखि दुई डिभिजनको प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ । सिनियर तथा ए डिभिजन र बि डिभिजन गरि २ समुहमा प्रतियोगिता संचालन भएको आयोजक दिङला ब्याडमिन्टन संघले जनाएको छ ।

ADVERTISEMENT

आयोजकका अनुसार ए डिभिजन तर्फ प्रथम हुने जोडीले ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाइनलमा पुगेका २ टिमले १० ÷१० हजार नगद पाउने छन् । त्यस्तै बि डिभिजन तर्फ प्रथम स्थान हासिल गर्ने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल र प्रमाण पत्र तथा सेमिफाइनलका २ टिमले सात हजार ५ सय ७५ रुपैया नगद पाउने
छन । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ ।

प्रतियोगिताको पुर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले उदघाटन गर्नु भएको थियो । प्रदेश सरकार र षडानन्द नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको व्याडमिन्टन कभर्ड हलको पनि राईले उद्घाटन गर्नु भयो । षाडानन्द नगरपालिका र वडा नम्वर ४ ले यस प्रतियोगिताको लागि सहयोग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज