गुल्मी । रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई डायलोसिस मेसिन हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले पाँच वटा डायलोसिस मेसिन गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
गत स्थानीय तहको निर्वाचनमा नगरपालिकामा आफुहरु निर्वाचित भएर आईसकेपछि कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलोसिस सेवा सुरु गर्ने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार भारतीय दूतावासबाट प्राप्त ६५ लाख ३६ हजार ४६६ रुपियाँका पाँच वटा डायलोसिस मेसिन हस्तान्तरण गरिएको हो ।
“गुल्मीबासीको लागि जिल्लामै डायलोसिस सेवा शुभाराम्भ हुनु सुखद कुरा हो । मिर्गौलाका बिरामीहरु डायलोसिसको लागि बाहिर जानुपथ्र्यो ।” उहाँले भन्नुभयो,–“दिनहुँ कुर्नपर्ने । सास्ती भोग्नुपर्ने । समयमै उपचार गर्न नपाउने लगायतका विभिन्न झण्झटको अन्त्य भएको छ ।” यो सेवा सुचारु हुनासाथ छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ्ग र प्यूठानका नागरिक समेतलाई राहत पुग्ने उहाँले बताउनुभयो ।
गुल्मी अस्पतालबाट छिट्टै डायलोसिस सेवा शुभाराम्भ गरिने भएको छ । जनशक्ति व्यवस्थापन पनि अगाडी बढेको छ । दुई जना स्टाफहरु तालिममा जानुभएको छ । त्यस्तै, एक जना मेडिकल अफिसरलाई पनि तुरुन्तै तालिममा पठाईने नगरप्रमुख पन्थीले बताउनुभयो ।
यहाँबाट स्वास्थ्य क्षेत्रमा अर्थोपेडिक सेवा, गाइनोको विशेषज्ञ सेवा र अबको केहि दिनभित्रमा शुभाराम्भ हुने मिर्गौलाको डायलोसिस सेवाले जिल्लाको व्यापार, व्यवसाय र पर्यटनमा समेत प्रभाव पर्नेछ । निर्वाचनको क्रममा जनता माझ आफुहरुले गरेका प्रबिद्धताहरुलाई यसैगरी क्रमश उहाँले बताउनुभयो ।
समुन्नतीको प्रमुख आधार स्वास्थ्य, शिक्षा र पर्यटन भएकाले आफुहरुले निकै महत्वका साथ हेरेको बताउनुभयो । जिल्लामा विशेषगरी बसाइसराई गरि अन्यत्र जानबाट रोक्नका लागि विभिन्न खालका नागरिकको पक्षमा महत्वपूर्ण नयाँ र रचनात्मक काम गर्ने बताउनुभयो ।
त्यस अवसरमा गुल्मी अस्पतालमा प्रमुख डा। राजेन्द्र जिसीले पछिल्लो समय मुटु र मिर्गौलाका समस्याहरु बढि भएका बिरामीहरु देखा परेकाले डायलाइसिस सेवा सुरु भएपछि धेरैलाई राहत हुने बताउनुभयो एउटा मेसिनबाट २४ घण्टामा बढिमा तीन जनालाई सेवा दिन सकिने भन्दै उहाँले डायलाइसिस सेवा संचालनमा सबैको सहयोग र समन्वयको आवश्यक रहेको बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts