पुस्तक : ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

✍️ सुशीला घिमिरे

मेरा हातमा अहिले एउटा निकै मोटो भीमकाय पुस्तक छ ‘गोविन्दप्रसाद लोहनी स्मृति ग्रन्थ’ शीर्षकमा । काठमाडौंका स्थानीयवासी लोहनी नेपालका एक बुद्धिजीवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । दिवंगत लोहनीको स्मृतिमा प्रकाशित ग्रन्थ हो यो । कपिल लोहनी संयोजक, विमल भौकाजी सम्पादक रहनुभएको यस ग्रन्थको प्रकाशक कृपा पब्लिकेसन हाउस तुलसी मार्ग डिल्लीबजार काठमाडौं छ । यस स्मृतिग्रन्थमा रविराज पन्त, प्रदीपप्रसाद लोहनी र विशाल थापा सल्लाहकार रहनु भएको छ । विशेष सहयोगीहरूमा कृपा लोहनी थापा, कृपेश लोहनी, किशोर डंगोल (तस्वीरहरूसहित), भक्त श्रेष्ठ, शुभेच्छा श्रेष्ठ र सन्तोष शर्मा रहनुभएको छ ।

पुस्तकको सर्वाधिकार प्रकाशकमा छ । यस स्मृतिग्रन्थको यो प्रथम संस्करण हो जो २०७८ साल पुसमा प्रकाशित भएको छ र यो पुस्तक १५०० प्रति प्रकाशित भएको छ । पुस्तकको साजसज्जा डिजाइन चौतारीबाट भएको छ र यसैगरी आवरण डिजायन चौतारीकै सूर्य बुढाथोकीबाट डिजाइन भएको छ । यस पुस्तकमा समेटिएका तस्वीरहरू पारिवारिक सङ्ग्रहका हुन् भनिएको छ । हाइडल प्रेस प्रा.लि. काठमाडौंबाट यो ग्रस्थको मुद्रण भएको छ । पुस्तकमा भूमिका खण्डमा २२, पाठ्य खण्डमा ८०० र तस्वीर खण्डमा ४० सहित ८६२ पृष्ठ रहेका छन् ।

पुस्तक कडा गातामा छ र यसको मूल्य २५०० रुपैयाँ छ । डिएमआई साइजको यस पुस्तकमा पहेंलो तौलयुक्त स्तरीय कागजको प्रयोग भएको छ । छपाइस्तरीय छ तर कतै-कतै अशुद्धिहरू चाहिँ भेटिन्छन् । आवरणमा दिवंगत गोविन्दप्रसाद लोहनीको फोटो राखिएको छ । कालो पृष्ठभूमिमा बीचमा उहाँको फोटो राखिएको छ भने तल सेता मध्यम आकारका अक्षरमा ‘गोविन्दप्रसाद लोहनी’ भनिएको छ र त्यसमुनि ठूला राता अक्षरमा ‘स्मृतिग्रन्थ’ भनिएको छ । पृष्ठ आवरणमा स्वर्गीय लोहनीद्वारा लेखिएका १० वटा पुस्तकहरूका फोटा दिइएको छ र यस पुस्तकका संयोजक कपिल लोहनी र सम्पादक विमल भौकाजीको फोटो पनि दिइएको छ ।

तल किनारामा एकातिर पुस्तकको बारकोड छ र अर्कातिर यस पुस्तकको प्रकाशक संस्था कृपा पब्लिकेसन हाउसको नाम लोगोसहित दिइएको छ । भूमिका खण्डको सुरुमै स्वर्गीय लोहनीको पूरा पृठको फोटो दिइएको छ, त्यसपछि लोहनी परवारका केही वर्षको अन्तरालमा दिवंगत भएका चारजना गोविन्दप्रसाद, उहाँकी श्रीमती रुचिलाबाला देवी, उहाँहरूका छोरा हरिशप्रसाद र अर्की बुहारी रजनी थापा लोहनीका तस्वीरसहित केही शब्दमा समर्पण भनिएको छ । यही खण्डमा यस पुस्तकका सम्पादक विमल भौकाजीको ‘गोविन्दप्रसाद लोहनीसँगको पहिलो र अन्तिम त्यो दिन’ शीर्षकको सम्पादकीय छ ।

ADVERTISEMENT

यस स्मृतिग्रन्थमा समेटिएका लेख तथा तस्वीरले स्वर्गीय लोहनीको जीवनका विविध पाटाहरूको अध्ययनका लागि सहयोग पुर्‍याएका छन् । आफ्ना अग्रजको संस्मरणमा यो स्मृतिग्रन्थ प्रकाशन गर्ने उहाँका उत्तराधिकारीहरू धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरूको काम सराहनीय छ ।

त्यसपछि गोविन्दप्रसाद लोहनीका छोरा तथा यस पुस्तकको संयोजक कृपा पब्लिकेसन हाउसका अध्यक्ष कपिल लोहनीको प्रकाशकीय रहेको छ । त्यसपछि विषयसूची दिइएको छ । यहाँ जानकारी गराइएअनुसार यस पुस्तकमा स्वर्गीय गोविन्दप्रसाद लोहनीसम्बन्धी विभिन्न व्यक्तिले लेख्नुभएका १२४ वटा लेख समावेश गरिएका छन् । यी सम्पूर्ण लेखबाट उहाँको जीवनवृत्तको बहुआयामिकता झल्किएको छ । यीमध्ये अञ्जु शर्मा, उदयमोहन श्रेष्ठ, डा.गिरिश पन्त, ग्रेटा राणा, पा.डा.नाजिर कमल, डा.निर्मलप्रसाद पाण्डे, डा.ब्रजेश पन्त, डा.मदनकुमार भट्टराई, राजीव उपाध्याय, प्रा.शम्भु लोहनीका लेखहरू अंग्रेजी भाषामा रहेका छन् । अन्य ११४ वटा लेखहरू भने नेपाली भाषामा छन् ।

गोविन्दप्रसाद लोहनीका बारेमा लेख लेख्ने लेखकहरूमध्ये अमिक शेरचन, प्रा.डा.अभि सुवेदी, कमल कोइराला, कमलराज रेग्मी, कर्ण शाक्य, कालिप्रसाद रिजाल, कृष्णराज बर्मा, केदारभक्त माथेमा, केशवप्रसाद बडाल, प्रा.डा.खेम कोइराला बन्धु, गङ्गाप्रसाद उप्रेती, गणेशबहादुर थापा, घनश्याम राजकर्णिकार, गौरीशङ्कर लाल दास, चित्रबहादुर केसी, डा.डिल्लीराज खनाल, तेजेश्वर बाबु गोङ्ग, गोरक्षबहादुर न्हुछे प्रधान, दमननाथ ढुङ्गाना, प्रा.दीपक जङ्गम, डा. देवेन्द्रराज पाण्डे, डा.द्वारिकानाथ ढुङ्गेल, दीर्घराज प्रसाई, दुर्गा सुवेदी डा.ध्रुवचन्द्र गौतम, नारायणमान बिजुक्छें, निलाम्बर आचार्य रहनुभएको छ ।

यसैगरी अन्य लेखकहरूमा प्रा.डा.नोबलकिशोर राई, पदम ठकुराठी, प्रा.डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिना, पुरुषोत्तम दाहाल, पुष्कर लोहनी, प्रदीप ज्ञवाली, डा.बाबुराम भट्टराई, भरत जङ्गम, भुवनेश्वरी पन्त, डा.भेषबहादुर थापा, भैरव रिसाल, डा.मञ्जुरत्न शाक्य, प्रा.डा.मधुनिधि तिवारी, प्रा.महेशकुमार उपाध्याय, डा.मृगेन्द्रराज पाण्डे, डा.मोहनमान सैंजू, प्रा.डा.मोहन लोहनी, रमेश खकुरेल, डा.रमेश गौतम, प्रा.डा.रामदयाल राकेश, रोचक घिमिरे, वसन्त लोहनी, विश्वम्भर चञ्चल, प्रा.डा.विश्वम्भर प्याकुरेल, सत्यमोहन जोशी, सिपी मैनाली, प्रा.डा.सुरेन्द्र केसी, हिमालयशमशेर राणा, हिरण्यलाल श्रेष्ठ, डा.ज्ञानु पाण्डेलगायतका लेखकहरूका लेख स्मृतिग्रन्थमा समावेश छन् । यस पुस्तकमा लोहनीका रचना, अन्तर्वार्ता, विचार, डायरी आदिलाई समेत स्थान दिइएको छ ।

पुस्तकको अन्त्यमा ४० पृष्ठको आयतनमा स्वर्गीय लोहनीका पारिवारिक, निजी तथा विशिष्ट व्यक्तित्वसँगका तस्वीर समाविष्ट छन् । यी तस्वीरले उहाँको जीवनका विविध पाटाको अध्ययनका लागि सहयोग पु¥याएका छन् । आफ्ना अग्रजको संस्मरणमा यो स्मृतिग्रन्थ प्रकाशन गर्ने उहाँका उत्तराधिकारीहरू धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरूको काम सराहनीय छ । गोविन्दप्रासद लोहनीका योग्य उत्तराधिकारीहरूलाई धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *