पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

ललितपुर । पाटन क्याम्पसमा आज  स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो ।

करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।

ADVERTISEMENT

उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो । विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज