सिनेमाघरमा ‘बहाव’

Read Time = 6 mins

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बहाव’ प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन गरेको यो चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा आएको हो । यसअघि यही मितिमा चलचित्र ‘प्रसाद २’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, मंगलबार उच्च अदालत पाटनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेपछि ‘बहाव’ एकल प्रदर्शनमा आएको हो ।

केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र अनुमति विना प्रदर्शन गर्न लागेको र निर्माता सुभाष थापाले आफ्नो पैसा फिर्ता नगरेको भन्दै रिट दायर गरेपछि अदालतले ‘प्रसाद २’ को प्रदर्शन नगर्न आदेश जारी गरेको थियो । उच्च अदालतको आदेशसँगै चलचित्रको सेन्सर पनि रोकिएको छ । २०७५ सालको सुपरहिट चलचित्रको सिक्वेल हो यो ।

‘बहाव’को बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि चलचित्रको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा दर्शकले चलचित्रको तारिफ गरेका थिए ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर ‘बहाव’ स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्र हो । चलचित्र को विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ । निर्देशक कँडेलले ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताउनुभयो ।

अभिनेत्री सुरक्षाले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा चलचित्रमा देखाइएको छ । यस चलचित्रका निर्माता श्रीधर पौडेल हुनुहुन्छ । उहाँले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गर्नुभएको थियो । पौडेलले आफ्नो स्वन्त्रता आफैंमा कैद गर्नेहरूका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताउनुभयो ।

ADVERTISEMENT

चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको यो चलचित्रमा सज्जा चौलागाईंंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन रहेको छ ।

चलचित्रमा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फष्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जित क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोष्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

एक जोडीलाई थाइल्याण्डको प्याकेज टुर
चलचित्र ‘बहाव’ले टिकटमा थाइल्याण्डको प्याकेज टुरको पुरस्कार राखेको छ । पुरस्कार जित्नका लागि चलचित्र ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नुपर्नेछ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाइसी प्रमाणित भएको हुनुपर्नेछ । नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिनेछ ।
खल्ती एपबाट टिकट काटेर सिनेमा हेर्ने एकजना भाग्यशाली व्यक्तीले एमडी होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्याण्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् । दुईतर्फी हवाई भाडा र तीनतारे होटेलमा बसाइसहितको चार रात पाँच दिनको टुर प्याकेज समावेश गरिएको छ ।

उक्त पुरस्कार प्याकेज चलचित्र प्रमोशनका लागि निकै प्रभावकारी हुने निर्माण युनिटको अपेक्षा छ । विजेता छनोट चलचित्र प्रदर्शन सकिएको दुई हप्तापछि खल्तीको अफिसियल पेजमार्फत लक्की ड्रमार्फत गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?