चाँडै प्रमुख प्रशासकीय अधिकृत नपाए कामकाज ठप्प पार्ने नगरप्रमुखको चेतावनी

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । नपालिकाको कुनै पनि काम गर्न प्रमुख प्रशासकीय अधिकृत नभई हुँदैन । आर्थिक कारोबार गर्न त झनै गाह्रो हुन्छ । आर्थिक कारोबार भएन भने कुनै पनि काम हुँदैन । आर्थिक कारोबार प्रमुख प्रशासकीयले चलाउने विषय हो । तर पालिका प्रमुख प्रशासकीय विहिन बनेपछि लामो समय देखि आर्थिक कारोबारको अभावमा विकास निर्माणको काम प्रभावित भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो ।

विगत लामो समय देखि महागढीमाई नगरपालिका प्रमुख प्रशासकीय विहिन बनेको बताउँदै उहाँले भन्नुभयो,‘ पालिका प्रमुख प्रशासकीय विहिन बन्दा कामकाज नै ठप्प भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत डेढ महिना देखि प्रमुख प्रशासकिय अधिकृत नपठाउँदा विकास निर्माणका कामकाज ठप्प बनेको हो ।' तत्कालिन प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तुफा फागुन ८ गते मन्त्रालयले सरुवा भएपछि महागढीमाई नगरपालिका बरियारपुर प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको उहाँले जानकारी दिनुभयो ।

मुस्तुफाको सरुवा भएपछि संघीय मामिला तथा प्रशासन मन्त्रालयले चांडै अधिकृत पठाईदिने आश्वासन दिंदै आएको बताउँदै प्रमुख यादवले भन्नुभयो, ‘मन्त्रालयले दिएको आश्वासन एक हप्ता वित्दा समेत अधिकृत नपठाएपछि संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरी पुष्करसंग पटक पटक भेटघाट गरी अधिकृत पठाउन आग्रह गरेपनि अहिलेसम्म अधिकृत पठाइएकाे छैन ।'

ADVERTISEMENT

चैत १५ गते मन्त्रालयले प्रमुख प्रशाषकिय अधिकृत रोशन ज्ञवालीको पत्र आएपनि अहिलेसम्म अधिकृत नगरपालिकामा नआएको नगर प्रमुख यादवले भने अधिकृत नहुंदा विकास निर्माणको काम काज ठप्प भएको छ । विकास निर्माणको काम मात्र होइन पालिकामा कार्यरत रहेका कर्मचारीहरुले तलब पाउन सकेका छैनन् । केही दिन भित्रै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाए पालिकाको कामकाज नै ठप्प हुने अवस्थाको विद्यमानता रहेको उहाँले जानकारी दिनुभयो ।

विकास निर्माणको काम काजको संगै आपतकालिन वारुण यन्त्र, एम्बुलेन्समा तेल हाल्न समेत गाह्रो भएकोले मन्त्रालयको विरुद्धमा नगरपालिकाको प्रशासनिक कामकाज समेत ठप्प पार्ने नगर प्रमुख यादवले चेतावनी दिनुभयो । नगरपालिकाको कार्यालय, मातहतमा रहेका वडा कार्यालय, हेल्थपोष्टहरु समेत शुक्रवार देखि ठप्प पार्ने र यसको जवाफदेहिता संघीय मामिला तथा प्रशासन मन्त्रालय हुने नगर प्रमुख यादवले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज