मागका आधारमा कार्यक्रम तयार गर्न सुझाव

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको एक कार्यक्रममा अधिकांश बोल्ने वक्ताहरुले नागरिकका मागका आधारमा कार्यक्रम तयार गर्न सुझाव दिएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक समिक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

उनीहरुले आगामी समिक्षा कार्यक्रममा पालिकाले हालसम्म नागरिकलाई के परिणाम दियो भन्ने विषयमा समिक्षा गर्नुपर्ने भन्दै परिणाममा आधारित समिक्षा हुनुपर्ने बताए ।

गाउँपालिकाको सभाहलमा भएको समिक्षा कार्यक्रममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले अहिलेसम्म यो पालिका नागरिकको सेवा प्रवाहमा अब्बल भएको भन्दै अब संख्याको आधारमा होईन परिणामका आधारमा काम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले नागरिकका मागका आधारमा कार्यक्रम तयार गर्न सुझाव समेत दिनुभयो ।

शिक्षक महासंघका त्यस पालिकाका अध्यक्ष हरिबहादुर कार्कीले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न २८ बुँदे मागसहित ध्यानाकर्षण पत्र पेश गरिएको बताउनुभयो । पालिकामा देखिएका हरेक समस्यालाई समाधान गर्न आफुहरु तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । पालिकाले जसरी वडास्तरमा गएर योजनालाई सम्झौता गर्छ त्यसरी नै प्रत्येक विद्यालयमा गई विद्यालयका समस्या बुझ्न सुझाव दिनुभयो । पालिकामा शिक्षा शाखा प्रमुख नभएको हुँदा तत्काल शिक्षा शाखा प्रमुख ल्याउन माग गर्नुभयो ।

ADVERTISEMENT

त्यस कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले विनियोजित बजेटबाट गाउँमा के(के काम भयो कस्तो प्रतिफल प्राप्त भयो छिटो/छिटो अनुगमन तथा मूल्यांकन गर्न आग्रह गर्नुभयो। उहाँहरुले हरेक क्षेत्रमा परिणाम खोज्न आग्रह गर्नुभयो । नागरिकका मागका आधारमा कार्यक्रम तयार गर्न उहाँहरुले माग राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले हालसम्म गाउँपालिकामा भएका गरेका सम्पुर्ण गतिविधि र कार्यालयबाट हुने सेवा प्रवाह सम्बन्धि जानकारी गराउनुभयो । समिक्षा कार्यक्रममा आएका सुझावबाट गाउँपालिकामा काम गर्न सजिलो हुने भन्दै सबैबाट आएका सुझावलाई सकारात्मक लिएको बताउनुभयो । त्यस्तै, विभिन्न शाखाको हालसम्मको गतिविधि पनि प्रस्तुत गरिएको थियो ।

गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले समिक्षा गर्नु सबैको अधिकार र राय सुझाव दिनु कर्तव्य रहेको बताउनुभयो । उहाँले राय सुझावबाट नागरिकको पक्षमा काम गर्न प्रेरणा मिल्ने उल्लेख गर्दै नागरिकको पक्षमा काम गर्न आफू सधै प्रयत्न रहेको बताउनुभयो । हरेक कार्यक्रम वृहत् छलफल तथा अध्ययन गरेर गर्दा निकै सहज हुने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज