ठोरी आसपासमा आतंक मच्याउने बाघ नियन्त्रणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

पर्सा । ठोरी गाउँपालिकालगायत आसपासको क्षेत्रमा आतंक मच्चाउदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले बाघ नियन्त्रणमा लिएको हो ।

ठोरीस्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनका अनुसार  पछिल्लो केही दिनदेखि सो बाघले किसानका बाख्रालगायत घरपालुवा जनावार मारेर खान थाले पछि स्थानियको अनुरोधमा सो बाघलाई नियन्त्रणमा लिईएको हो ।

ADVERTISEMENT

बाघका कारण स्थानियको ज्यान नै जोखिम पर्ने सम्भावना बढे पछि स्थानियले निकुञ्जलाइ बाघ  नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

सो बाघलाई नियन्त्रणमा लिनु अघि ठोरी आसपासका क्षेत्र तथा  बाघ हिँड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको टोली परिचालन गरेर रेक्की गरिएको थियो । पाँच दिनको अनवरत प्रयास पछि सो बाघलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?