भोजपुर । ९ सय मेगावाट क्षमताको निर्माणाधिन अरुण तेश्रो जलबिद्युत आयोजनाका प्रभावित जग्गाधनीले आफुहरुलाई बिस्थापित बनाउने गरी टावर निर्माणको कार्य हुन लागेको भन्दै आफ्नो क्षेत्रमा पुन सर्वे कार्य गर्न माग गरेका छन ।
संखुवासभाबाट भोजपुर हुदै जाने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडी बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्वै सहितको माग अगाडी सारेका हुन । आफुहरुका मागहरु सम्वोधन गराउन जगाधनी सहितको संघर्ष समिति नै निर्माण गरी आफनो माग पुरा गर्न आयोजनालाई उनीहरुले माग गरेका छन ।
गाउँपालिकामा प्रशारणलाइन सर्वे गर्दा वसोवास गरिरहेको बस्तीहरु र खेतीयोग्य जमिन नछली सर्वै गरिदा बस्ती नै विस्तापित हुने अवस्था आएकाले आफुहरुले पुन सर्वेको माग गरिएको संघर्ष समितिका संयोजक पावीहाङ राईले बताउनुभयो । आयोजना निर्माणका बिषयमा देखिएका समस्या र चुनौतीका बिषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अन्तरक्रियामा आफनो भनाई राख्दै संयोजक राईले गौरवको आयोजना देश र जनताको हितमा बन्ने भएतापनि त्यसको काम भने जवरजस्तरुपमा अगाडी बढाउन खोजिएकोले त्यो आफुहरुलाई मान्य नहुने बताउनुभयो ।
सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रमा वस्ती विस्तापित हुने गरि गरिएको सर्वे परिवर्तन नगरेसम्म टावर राख्ने काममा अवरोध गर्ने संघर्ष समितिका संयोजक राईले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्वैका बिषयमा आफुहरुसँग समेत सम्वन्धित निकायले उचित समन्वय नगर्दा अहिले यो समस्या देखिएकोले स्थानीयवासीले उठाएका सवालहरु सम्वोधन गर्न जरुरी रहेको बताउनुभयो । भोजपुरलाई समेत प्रभावित क्षेत्र मानी शेयर हाल्ने बेवस्था मिलाउन गरिएको माग आयोजना निकायले सुनुवाई नगरेको गुनासो गर्नु भयो ।
यस्तै सहभागि जग्गाधनीहरुले आफ्नो गुनासो राख्दै बस्ती बिस्थापित भएर अन्यत्र जानु पर्दा बिद्युत, सडक, खानेपानी र अन्य सुबिधाहरु नहुने भएकाले आयोजना निर्माणका लागि बन्न लागेका टावर पोलहरु बस्ती भन्दा बाहिरबाट लगिनु पर्ने माग गर्नु भएको थियो । कार्यक्रममा आयोजनाको निर्माण अवस्थाका बारेमा जानकारी दिईए अनुसार प्रशारण लाइनका लागि टेम्केमैयुङ गाउँपालिकामा १८ वटा टावर पोल निर्माण हुने छन । सर्वे भएको टावरको क्षेत्र सार्नु पर्ने, मुआब्जा रकम बढाईनु पर्ने, तार मुनी पर्ने जग्गा र टावरको मुआब्जा एकै साथ बितरण हुनु पर्ने, प्रभावित क्षेत्र घोषणालगायतका मागहरु संघर्ष समितिले उठाउँदै आई रहेको छ ।
लगानी बोर्ड, बिद्युत प्राधिकरण, इन्जिनियर, प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु, सम्वन्धित सरकारी कार्यालयका प्रमुखहरु, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, अरुण तेश्रो परियोजनासँग सम्वन्धित बिज्ञहरुसहितको अन्तरक्रिया कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्सालले आयोजनाका बिषयमा जानकारी गराउनु भएको थियो ।
जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगपालिका र टेम्केमैयुङ गाउँपालिकामा आयोजनाको लागि एक सय टावर पोल निर्माण हुने छ । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा जग्गाधनीहरुले भोजपुरमा अरुण तेस्रोले लापारवाही तरिकाले काम गरि रहेको गुनासो गर्दे बिगतमा गरिएका सम्झौता समेत आयोजनाले कार्यान्वयन नगरेको गुनासो राख्नु भएको थियो ।
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले अरुण तेश्रो परियोजनाको प्रभावित क्षेत्र भोजपुर पनि भएको अवस्था उसले जिल्लाका लागि कुनै पनि बिषयमा सहयोग नगरेको बताउनुभयो । नगर प्रमुख उदासले भन्नुभयो, “परियोजनाले चाहेमा प्रभावित क्षेत्रमा एक एक वटा अस्पताल निर्माण गर्दा पनि हुन्छ, तर पनि उसले अहिलेसम्म जिल्लाका लागि कुनै पनि उपलब्धी मुलक काममा सहयोग गरेको छैन ।”
टावर निर्माणका लागि आवश्यक सामान धुवानी गर्दा विग्रिएको वाटो टावर निर्माण सम्पन्न भए पछि सडक विग्रिएकै अवस्थामा छाडेर हिड्ने गरेको र सडक विग्रेका कारण स्थानीयहरुले सवारी साधन कुदाउन सक्ने अवस्था नरहेको भन्दै पोल निर्माण भएका ठाउँमा तार तान्न नदिने अवस्थामा स्थानीहरु रहेको सहभागी जनप्रतिनिधिहरुले बताउनुभयो ।
भोजपुरमा अरुण तेस्रो आयोजनाले षडानन्द नगरपालिकामा रु. दुई करोड ६५ लाख ८३ हजार, भोजपुर नगरपालिकामा रु. ६३ लाख ७३ हजार र टेम्केमैयुङ गाउँपालिकामा १४ लाख ४२ हजार गरी रु. ४ करोड २१ लाख तीन हजार मुआव्जा बितरण गरि सकेको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts