जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले पालिका भित्रका वडालाई बालविवाह मुक्त वडा घोषणा गर्न लागि परेको छ । सो पालिकाको ५ नं. वडामा पर्ने दुर्गम चार वटा गाउँलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
पातारासी-५ का लोर्पा, तल्लो लोर्पा, लासी र जप्ना गरी चार वटा गाउँलाई बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ । अध्यक्ष बहोरोले भन्नुभयो, 'नेपाल सरकारले २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय आकाङ्क्षा र दिगो विकासको लक्ष्य अनुरुपलाई आत्मसात गर्दै दुर्गम पातारासीका गाउँलाई बालविवाह मुक्त घोषणा गरिएको छ ।' पहिला यहाँका गाउँमा बालविवाह हुनेमा जिल्लाको पहिलो स्थान हुने गरेको थियो । स्थानीय सरकार र गैरसरकारी संघसंस्थाको सहकार्य समन्वयमा गाउँदेखि विद्यालयमा सचेतनाका कार्यक्रमले गर्दा आज आएर यस्तो नतिजामुखि परिमाण आएको अध्यक्ष बोहोराको भनाइ छ ।
अशिक्षा, गरिबी, देखासिकी र परम्परागत कारणले पातारासीमा सबैभन्दा बढी बाल बालविवाह हुन्थ्यो । पालिकाको दुर्गम गाउँलाई जिल्लाकै पहिलो बालविवाह मुक्त वडामा परिमार्जन हुँदा यहाँका सबै स्थानीयवासि,राजनीतिक दल, बालक्लब, आमा समुह, युवाक्लब, प्रहरी र पत्रकारको भुमिका महत्त्वपूर्ण रहेको उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
'घोषणाको कार्यान्वयनका साथै अन्य ६ वडालाई बालविवाहमुक्त घोषणा गर्ने चुनौती थपिएको छ । भौतिक विकासले मात्रै समाज रूपान्तरण सम्भव छैन । सामाजिक सशक्तीकरण, बालविवाह, बहुविवाह, छुईप्रथा लगायत कुरीति अन्य नगरी समृद्ध समाज निर्माण हुन्न । हामी सामाजिक रुपान्तरणको अभियानमा छौ । समग्र पालिकालाई नै जिल्लाकै पहिलो पालिकाका रुपमा बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य राखेका छाै,' उपाध्यक्ष रोकायाले भन्नुभयो ।
विवाह उमेर समूहका २० वर्ष मुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र बस्तिका रुपमा बालविवाह मुक्त गाउँ घोषणा गरिएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिनुभयो । उक्त वडामा २० वर्षमुनिका कसैले पनि विवाह गरेको नपाइएपछि बालविवाह मुक्त वडा घोषणा गरेको किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताउनुभयो ।
पातारासीमा २० वर्षमुनि विवाह गर्ने शुन्यमा झरेका छन् । पातारासीको ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाक द्वारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बालविवाह शुन्यमा झार्न सफल भएको किर्डाक नेपालका सामाजिक परिचालक रामशंकर दवाडीको भनाइ छ ।
पछिल्लो समयमा जिल्लाका आठवटै स्थानीय तहका केहि वडामा बाल विवाह मुक्त वडा घोषणा तथा सुनिश्चितता गर्न स्थानीय तह लागि परेकाछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच