वैशाखमा बाह्रखरी गल्फ हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । वैशाख ९ गते आयोजना हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फको च्याम्पियनले सुनको बल प्राप्त गर्ने भएको छ । बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता वैशाख ९ गते हुने प्रतियोगिताको विजेताले सुनको गल्फ बल प्राप्त गर्ने जनाएको हो ।

गोकर्णस्थित गोकर्ण गल्फ क्लवको कोर्समा आयोजना हुने प्रतियोगितामा ११० खेलाडीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । गोकर्ण गल्फ क्लवका प्रबन्धक दीपक आचार्यले प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा खेलाइने जानकारी दिनुभयो । यस्तै होल इन वन गर्ने खेलाडीले हुन्डाईको भेन्यु गाडी पाउनेछन् । यस्तै प्रतियोगितामा सहभागि हुने मध्येका बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजले समेत पुरस्कार पाउनेछन् ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले छैटौं वर्षको प्रतियोगिता आयोजना गर्न लागिएको र सामाजिक दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?