लमजुङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बेसीशहर नगरपालिका-५ नाल्माको विभिन्न गाउँमा निः शुल्क पशु स्वास्थ्य शिविर सन्चालन गरेको छ ।
दुइ दिनसम्म संचालित शिविरबाट १ हजार ७ सय ६२ पशुपन्छीले निशुल्क उपचार तथा औषधी पाएका छन् ।
बेसीशहर नगरपालिका-५ को समन्वयमा भेटेरिनरीले नाल्मा, बाख्रेजगत र ज्यारखाङमा निःशुल्क पशु सेवा शिविर संचालन गरेको बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्य विकास शाखा अन्तर्गत वडा नं. ५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक प्रतिभा बुढामगरले जानकारी दिनुभयाे ।
उहाँका अनुसार घरदैलोसम्म पुगेर गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरमा घरपालुवा पशुपन्छीको उपचार तथा आवश्यक औषधी वितरण गरिएको थियो । शिविरमा १९ वटा बोकालाई बन्ध्याकरण र १३ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको बुढामगरले बताउनुभयाे ।
शिविरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठ, पशु विकास अधिकृत डा. सुनिल न्यौपाने, बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डा. सन्दिप विष्ट, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्राविधिक सुस्मिता अधिकारी, बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाका सभाष चिलुवाल, प्रतिभा बुढामगरलगायतको टोलीले पशुपन्छीको उपचार, औषधी वितरण, बोकाको बन्ध्याकरण र कुकुरलाई रेविजविरुद्धको खोप लगाएको थियो ।
बेंसीशहर नगरपालिका-५ का वडा अध्यक्ष ईन्द्रबहादुर गुरुङले निः शुल्क पशु स्वास्थ्य शिविरले दूरदराजका पशुपन्छी तथा नागरिकलाई सेवा मिलेको बताउनुभयाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts