डोटीको बडीकेदारकी पूर्व उपाध्यक्ष धनगढीमा तरकारी बेच्दै

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । २०७४ को स्थानीय तहको निर्वाचनमा डोटीको बडीकेदार गाउँपालिकाको नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष हुनुहुन्थ्यो इन्द्रा बोहरा । पाँच वर्ष गाउँपालिकाको उपाध्यक्षको कार्यकाल सफलतापूर्वक सम्हालेको र कुनै विवादमा नपरेको बोहरा बताउनु हुन्छ । तिनै बोहरा अहिले धनगढीको वनदेवी हाटबजारमा तरकारी बिक्री गर्दै आउनु भएको छ ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट दाबी गरेको बताउने बोहरा अब भने उम्मेदवार बन्ने पक्षमा हुनुहुन्न उहाँले पहिलो चुनाव खर्च नगरिकन जितेको दाबी गरेपनि अब भने चुनाव निकै महङ्गो भएकाले लड्नै नसकिने भएको बताउनु हुन्छ ।
सक्रिय राजनीतिबाट स्थानीय तहको निर्वाचन लगत्तै किनारा लागेर पूर्व उपाध्यक्ष बोहरा अहिले तरकारी व्यापारमा जम्नु भएको छ । तारानगरमा बस्दै आउनु भएकी बोहराले धनगढी उपमहानगर कार्यालय अगाडि सहकारी कार्यालयको भवनको सटर भाडामा लिएर थोक तथा खुद्रामा तरकारी बिक्री गरिरहेको बताउनु भयो । तरकारी व्यापारमा रमाइरहनु भएकी उहाले डोटीको बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार, जोरायल र कैलालीको चुरे र मोहल्यालबाट तरकारी ल्याएर बिक्री गर्दै आउनु भएको छ ।

पहाडी क्षेत्रका किसानले बोहरालाई आफैं तरकारी पठाइदिने गरेका छन् । तौलेर गाडीमा पठाइदिने र किसानहरूलाई उचित मूल्य पनि दिने भएकाले कारोबार गर्न सहज भएको उहाँले बताउनु भयो । मैले उपाध्यक्ष हुँदा पनि धनगढी आउँदा तरकारी लिएर आउने गरेको बताउँदै उहाले अहिले त पूरै व्यापारमा फोकस भएर काम गरिरहेकाले व्यवसाय ठिकै भएको बताउनु भयो । तरकारी र फलफूलको सिजनमा मासिक १ करोडको कारोबार हुने गरेको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

पाँच वर्ष जनप्रतिनिधि भएर पनि हाट बजारमा बसेर तरकारी बिक्री गर्दा अलि अफ्ठ्यारो लाग्दैन भन्ने प्रश्नमा बोहराले हाँस्दै कुनै समस्या नभएको जबाफ दिनुभयो । उहाँले भन्नुभयो ‘गरेर खान पनि केको समस्या ? मागेर अनि लुटेर खाए पो समस्या र लाज मान्नुपर्छ । मलाई दैनिक पसल खोल्नु र पहाडी क्षेत्रको ताजा तरकारी बिक्री गर्न पाउँदा निकै आनन्द लाग्छ ।’

पूर्व उपाध्यक्ष बोहराका श्रीमान डोटीमै शिक्षण गर्नु हुन्छ । उहाँ र दुई छोरा तारानगरमा रहेको आफ्नै घरमा बस्दै आउनु भएको छ । जेठो छोराले भने समय मिलाएर व्यापारमा आमालाई सहयोग गर्ने गर्नु भएको छ । व्यापार गर्नमा निकै आनन्द भएकाले सक्रिय राजनीति गर्ने इच्छा लगभग त्यागेको बोहराले बताउनु भयो ।

‘मलाई तरकारी व्यापारमै राम्रो छ’, उहाले भन्नुभयो, ‘जीवनभर राजनीति मात्रै गर्नुपर्ने भन्ने पनि छैन । मलाई तरकारी व्यापारले मोहनी नै लगायो । मेहनत गर्न र किसानलाई पनि उचित मूल्य दिन सकेकोमा मलाई सन्तुष्टि छ ।’ बोहराको दैनिकी तीन दिन हाटबजार र चार दिन पसलमा बसेर तरकारी बिक्री गर्दै बित्न लागेको गत जेठबाट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?