बर्दिया । नेपाल रेडक्रस सोसाइटि भन्नासाथ मानव सेवाको रुपमा परिचित हुदै आएको छ । तर बर्दियामा केहि समय देखि नेपाल रेडक्रस साेसाइटिले सेवा प्रवाहका नाममा जिल्ला प्रशासन कार्यालयको हाता भित्र व्यापार गर्दै आइरहेको आरोप लागेको छ ।
पासपोर्ट निर्माणको लागी फारम वितरण गर्ने र फारम कसरी भर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको हाता भित्र रहेको नेपाल रेडक्रस साेसाइटिले सोहि स्थानबाट अन्य कारोवार पनि गर्दै आइरहेको रहस्य खुलेको हो ।
रेडक्रसले पासपोर्ट बनाउनका लागी आवश्यक पर्ने फारम वितरण तथा हुलाक टिकट र परामर्स दिँदै आएको थियो तर केहि समय देखि स्टेशनरी सामाग्री फोटो कपि तथा अन्य सेवा पनि प्रवाह गर्दै आइरहेको हुँदा सो कार्य गर्न पाउने कि नपाउने भन्दै स्थानिय व्यापारीहरुले आपत्ती जनाउदै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन ।
जिल्ला प्शासन कार्यालयको परिसर भित्र रेडक्रसले सेवाको नाममा व्यापार गरिरहेको हुँदा आफुहरु मर्कामा परेको सागर बुक्स एण्ड स्टेशनरीका संचालक सागर चापागाइँले बताउनुभयाे । रेडक्रसले दिने सेवा दिनुपर्ने तर अन्य सामानहरु जस्तै स्टेशनरी विक्रि, फोटो कपिलगायतका सामाग्री विक्रि वितरण गर्न नहुने गर्ने नै भए कार्यालयको हाता भित्र भन्दा बाहिर गर्नु पर्ने उहाँले बताउनुभयाे ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले आफु बर्दिया आएको १ हप्ता पनि नभएको अवस्थामा यस विषयमा बुझन नपाएको बताउनुभयाे ।
नेपाल रेडक्रस सोसाइटि बर्दिया शाखाका सभापति कृष्ण गौतमले फोटो कपि र फाराम भर्नको लागि राहधानी सम्वन्धि सामाग्रीहरु मात्र विक्रि गर्न पाउने सहमति भएको त्यहि अनुसार काम भैरहेको बताउनुभयाे । अन्य स्टेशनरी विक्रि गर्न नपाउने उहाँको भनाई थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता