आजदेखि निफको छैटौं संस्करण सुरु हुँदै

Read Time = 2 mins

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करण आज (बिहीबार)देखि काठमाडौंमा प्रारम्भ हुँदैछ । सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको हो ।

चैत ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ । ‘निफ’को समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कार्यक्रम छ भने, समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी गराउनुभयो ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा महोत्सव संयोजक यादव भट्टराईले पाँच दिनसम्म सञ्चालन हुने यो महोत्सवमा ५५ देशबाट आएका पाँच सयभन्दा बढी चलचित्रमध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी गराउनुभएको थियो । यसपटकको महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको भट्टराईको दाबी छ ।

सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरूबाट गरिने बताइएको छ । प्रति शो १५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रदर्शनीमा दिनभर सहभागी हुन चाहनेले पाँच सय रुपैयाँ तिर्नुपर्ने छ । महोत्सवमा चलचित्रहरू काठमाडौंको सिभिल मल र छायां सेन्टर, पुलचोकको लविङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *