बेनीमा म्याग्दी कप लिग फुटबल प्रतियोगिता सुरू

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । म्याग्दीको बेनीस्थित खुल्लामञ्चमा बुधबार (आज) देखि म्याग्दी कप सुपर लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो ।

मन्त्री जुग्जालीले खेलकुद क्षेत्रमा पूर्वाधारको अभाव भएको बताउँदै प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो । ‘जिल्लाभित्रका अलपत्र योजनामा खेलमैदान समेत छन्, पूर्णता दिन निरन्तर ताकेता गरिरहेको छु’ मन्त्री जुग्जालीले भन्नुभयो ।

बेनी नगरपालिकामा मेयर सुरत केसीले नियमित बजेटबाट खेलकुद क्षेत्रको विकास सम्भव नभएकाले पहुँचबाटै बजेट ल्याउनुपर्ने समस्या रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले नगरपालिकाको प्रयासमा सदरमुकाम बेनीको खेलमैदानको काम भइरहेपनि पर्याप्त बजेट नभएको बताउनुभयो ।

आमन्त्रित म्याग्दी जिल्ला लिग फुटवल प्रतियोगितामा १० क्लवको सहभागिता रहेको म्याग्दी कप ब्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीले बताउनुभयो । म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्र पाउने छ ।

म्याग्दीमा पहिलोपटक सुरु भएको उक्त लिग खेल १० दिनसम्म संचालन हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *