उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई समर्थन गर्ने काँग्रेसको निर्णय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताउनु भयो ।

उहाँले संघीय संसदका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय भएको बताउनु भयो । उहाँले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिमको प्रक्रिया पुर्‍याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित किायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको यही चैत्र ३ गते हुने निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने र संघीय संसदका माननीय एवं प्रदेश सभाका मान्य सदस्यहरुलाई मान्य रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्न निर्देशन गर्ने । २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रलगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिमको प्रक्रिया पुर्‍याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित किायलाई उपयुक्त समयमा निर्देशन गर्ने ।’

प्रवक्ता महतले सरकारका जानेकुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार बिस्तार हुने बताउनु भयो । त्यस्तै आजको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भुमिका खेल्ने सबै पक्ष र सांसदहरुलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपतिमा विजयी रामचन्द्र पौडेललाई सफल कार्यकालको शुभकामना दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज