सिरहा छुवाछुत घटना: मानव अधिकार आयोगको सोधपुछ सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सिरहा । भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानविन गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सिरहामा अनुसन्धान सुरु गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएको घटना सार्वजनिक भए पछि अनुसन्धान गर्न आएको टोलीले अनुसन्धान सुरु गरेको हो । मधेस प्रदेशको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा स्थलगत छानविन गर्न टोली सिरहा आएको छ ।

आयोगको टोलीले पहिलो चरणमा सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग सोधपुछ गरिनेछ भने  दोश्रो चरणमा भोज स्थलमा गएर पीडित दलितहरुसँग सोधपुछ गरी घटनाबारे सत्य तथ्य संकलन गर्ने कार्यतालिकासहित टोलीले अनुसन्धान सुरु गर्नेछ ।

ADVERTISEMENT

खतिवडाकाअनुसार जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखि जान्ने व्यक्तिहरुसँग पनि सत्यतथ्य बुझ्ने कार्य हुनेछ भने भोजमा पोष्टर झुन्ड्याएर र माइकिङ्ग गरेको जान्दाजान्दै भोज खाने जनप्रतिनिधि र प्रशासन प्रमुखहरुसँग समेत सोधपुछ गरिनेछ ।

मानव अधिकार हनन् गर्नेहरुको नाम तोक्ने, कसुरको मात्रा निर्क्यौल गर्ने, लज्जित गर्ने र दण्डनीय कारबाहीको गरिने अधिकृत खतिवडाले बताउनुभयाे ।  ‘जनप्रतिनिधिकै घरमा यस्तो खालको हर्कत हुनुले समाजमा नकारात्मक संदेश गएको छ, यसलाई गम्भिरतापूर्वक आयोगले हेरिरहेको छ,' उहाँले भन्नुभयाे, ‘सुनियोजित ढङ्गले यो कार्य गरेको पाइएमा पालिका अध्यक्षलाइ कानुनी कारबाही गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज