डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

केरला । भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन ।

महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटलमा लगेका थिए ।

ADVERTISEMENT

सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्बिर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुब्यर्हार गरेका हुन ।

त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६ (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेक्ट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजायअन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *