निम अवार्डको छैटौं संस्करण सम्पन्न

Read Time = 10 mins

काठामाडौं । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)को छैटौं संस्करण सम्पन्न भएको छ । आइतबार एक विशेष समारोहबीच वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै सम्पन्न भएको हो ।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको अवार्ड कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रमुख अतिथि रहनुभएको थियो । समारोहमा विशिष्ठ अतिथितका रूपमा पूर्वशिक्षा मन्त्री एवं पूर्वउपसभामुख चित्रलेखा यादव, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायत रहनुभएको थियो ।
कार्यक्रममा यस वर्षको संगीत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विदुर गिरीलाई प्रदान गरिएको थियो भने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँबर, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), रमा थापा, गीतकार राजेन्द्र पुरी, गायिका केन्जुमा सुब्बा, पत्रकार राज लुइँटेल, संगीतकार शंकर थापा स्माइल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्मी दिनेश थापा, मूर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दंगाल, अभिनेता दिनेश केसीलगायत व्यक्तित्वलाई समारोहमा सम्मानित हुनुभएको थियो ।

‘नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मूल नारा लिएर विगत ६ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलीने भाषाभाषीहरूमा बनेका गीत र गीतका भिडियोलाई प्रोत्साहनस्वरूप अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको आयोजक समितिका अध्यक्ष माधवराज खरेलले जानकारी गराउनुभयो । सो समारोहमा अवार्डतर्फ उत्कृष्ट आधुनिक गायकको अवार्ड अभिनय यादवले र गायिकाको अवार्ड बेनिशा पौडेलले प्राप्त गर्नुभयो भने पपुलर गायकको अवार्ड शिव परियारले ‘धोकेबाज’बाट प्राप्त गर्नुभयो ।

आधुनिक संगीतकारको अवार्ड अर्जुन पोखरेलले, गीतकारको अवार्ड सुनिल संगमले, भिडियोतर्फ आधुनिक गीत म्युजिक भिडियो निर्देशकको अवार्ड कृष्णदेव रूपाखेतीले, निर्देशक जुरी अवार्ड दिनेश ठकुल्लाले, पुरुष मोडलको अवार्ड दिलिप ओखेडाले महिला मोडलको आवर्ड सृष्टि श्रेष्ठले र मोडलतर्फ नै जुरी अवार्ड लाक्पा लामाले प्राप्त गर्नुभयो ।

लोकपपतर्फ उत्कृष्ट गायकको अवार्ड ‘सके हंसाउँछु’बाट कृष्ण काफ्लेले गायिकाको अवार्ड ‘मनको धोको’बाट निता आचार्य, गायिकाको जुरी अवार्ड ‘तिम्रो मायाले न हो’बाट सरिता भारतीले प्राप्त गर्नुभयो । लोकपपमै गायिका पब्लिक च्यवाइस अवार्ड वसन्ती राईले, गीतकारको अवार्ड भानु आचार्यले, गीतकार जुरी अवार्ड पुरुषोत्तम सानुले, संगीतकारको अवार्ड मानस राजले, संगीतकार पब्लिक च्वाइस अवार्ड टीका बम्जनले, नवप्रतिभा गायन अवार्ड दीपेन्द्र सोनामलाई प्रदान गरिएको थियो । लोकपपमै नवप्रतिभा पुरुष मोडलको अवार्ड विकतिस शर्माले, नवप्रतिभा मोडल जुरी अवार्ड सुदीप श्रेष्ठ, नवप्रतिभा महिला मोडल अवार्ड कुमारी बराइलीले प्राप्त गर्नुभयो ।
यस्तै, उत्कृष्ट युगल गायनको अवार्ड नवीन कार्की र मेलिना राईले, युगल गायनमै जुरी अवार्ड देवीका बन्दना र कुमार सानुले र उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड गीतकार प्रकाश सुवेदीले प्राप्त गर्नुभयो ।

ADVERTISEMENT

त्यस्तै, लोकदोहोरीतर्फ उत्कृष्ट शब्दको अवार्ड नारायण कँडेलले, शब्दतर्फ नै जुरी अवार्ड अनिल खनालले, लोकदोहोरी गायकको अवार्ड ‘जलजला’बाट कुलेन्द्र विकले, जुरी अवार्ड शक्ति चन्दले र गायिकाको अवार्ड ‘दिलको राजा’बाट बिन्दु बिहानीले प्राप्त गनुभयो ।

लोकदोहोरी गायिकाकै जुरी अवार्ड सुशीला गौतमले, लोकदोहोरी लयतर्फको अवार्ड श्रीकृष्ण बम मल्लले, लोकदोहोरी म्युजिक भिडियो मोडल पुरुषको अवार्ड प्रकाश तामाङ, महिला मोडलको अवार्ड कविता न्यौपानेले, नवप्रतिभा मोडलको अवार्ड यमुना रसालले, म्युजिक भिडियो निर्देशकको अवार्ड शिव विकले, कोरियोग्राफरको अवार्ड अजय स्याङ्तानले, पपुलर कोरियोग्राफरको अवार्ड गम्भीर विष्टलाई प्रदान गरिएको थियो । लोक दोहोरीतर्फ नै उत्कृष्ट भिडियो सम्पादकको अवार्ड अमृत चापागाईंले, भिडियो छायांकारको अवार्ड दीपक गिरी प्राप्त गर्नुभयो ।
यस्तै, ध्वनि मिश्रणको अवार्ड डिका गुरुङले, संगीत संयोजक (एरेन्जर)को अवार्ड पुष्कर खत्रीले, बालप्रतिभा गायनतर्फको अवार्ड सुप्रिम मल्लले, उत्कृष्ट बालप्रतिभा मोडल जुरी सम्राट दाहालले, बालप्रतिभा गायन इन्करेज्मेन्ट अवार्ड उपमा थपलियाले प्राप्त गर्नुभयो ।

समावेशीतर्फ उत्कृष्ट मौलिक भाषाभाषी गीत गायन अवार्ड सामसोधा मुन्धुम (लिम्बू)बाट झुमा लिम्बूले प्राप्त गर्नुभयो । मौलिक भाषाभाषी गीतको अवार्ड तामाङ गीतबाट अनु लामाले, डेउडा भाका गीतको अवार्ड दीपा रोकायाले, डेउडा भाका गीत गायिका जुरी अवार्ड शान्ति शाही चन्दलाई प्रदान गरिएको थियो ।

यस्तै, डेउडा भाका भिडियो अवार्ड एलपी शर्माले, डेउडा भाका भिडियो पब्लिक च्वाइस अवार्ड जनक सिंहले प्राप्त गर्नुभयो । उत्कृष्ट काठे भाका गीतको अवार्ड अमृत खातीले, काठे भाका गायनको अवार्ड पूmल फुल्यो अमलाबाट नमराज ढुंगानाले प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट नेपाल भाषा गीतको अवार्ड प्रकाशदीप श्रेष्ठले नेपाल भाषा गायनको अवार्ड राजेन्द्र डंगोलले, तामाङ भाषा उत्कृष्ट गीतको अवार्ड मदन घ्लानले, तामाङ भाषा म्युजिक भिडियो पुरुष मोडलको अवार्ड सागर घिसिङले प्राप्त गर्नुभयो ।

त्यस्तै, मैथिली भोजपुरीतर्फ उत्कृष्ट गीतको अवार्ड विद्यानन्द बेदर्दीले, मैथिली/भोजपुरी भाषातर्फ नै उत्कृष्ट गायन अवार्ड वीरेन्द्र झाले, यही विधामा पुरुष मोडलको अवार्ड विक्रम गुप्ताले र महिला मोडलको अवार्ड मेनुका माझीले प्राप्त गर्नुभयो । पप आर्टिष्टको अवार्ड विक्रम गौतम र दशकको गायकको अवार्ड पिरतीको तालमा गीतबाट हरिकुमार कर्माचार्यले प्राप्त गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *