चार सम्पादकलाई साहित्यिक पत्रकार संघको पुस्कार

Read Time = 2 mins

काठमाडौं । साहित्यिक पत्रकार संघले पत्रपत्रिका तथा पुस्तक सम्पादनमा योगदान पु¥याएका दुईजना सम्पादकलाई सम्मानित र पत्रपत्रिका तथा पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुईजना सम्पादकलाई पुरस्कृत गर्ने भएको छ । यसै साता काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मानित र पुरस्कृत गरिने संघका अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराउनुभयो ।

लेकालीका अनुसार ११ हजार १०० रुपैयाँ राशीसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार-२०७९’बाट कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक तथा विभिन्न पुस्तकका सम्पादक पारश प्रकाश नेपाललाई पुरस्कृत गरिने भएको छ । यस्तै, पाँच हजार ५०० रुपैयाँ राशीको ‘सापस स्वर्ण महोत्सव सम्पादन प्रतिभा पुरस्कार-२०७९’बाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी रोयल आचार्यलाई पुरस्कृत गरिने भएको छ ।

ADVERTISEMENT

त्यस्तै, सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान-२०७९’बाट अग्रज पुस्तक सम्पादक डा.लक्ष्मणप्रसाद गौतम र शारदा मासिकका सम्पादक विमल भौकाजीलाई सम्मानित गर्ने निर्णय भएको लेकालीले जानकारी गराउनुभयो । स्थापना भएको ५० वर्षका अवसरमा संंघले यति बेला स्वर्ण महोत्सव मनाइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?