आर्सनलको जित, बराबरीमा रोकियो युनाइटेड

Read Time = 3 mins

लण्डन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको छ । आर्सनलको जितमा गाब्रिएल, गाब्रिएल मार्टिनेली र कप्तान मार्टिन ओडेगार्डले गोल गर्नुभयो । खेलको १६औँ मिनेटमा एन्टोनी रोविन्सनले गोल गरे पनि भिएआरबाट मान्यता नपाउँदा आर्सनल अग्रता लिनबाट चुक्यो । २१औँ मिनेटमा गाब्रिएलले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाउनुभयो । २६औँ मिनेटमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पार्नुभयो ।

पहिलो हाफको इन्जुरी समयमा कप्तान मार्टिन ओडेगार्डले लियान्द्रो ट्रोसार्डकै पासमा तेस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गर्नुभयो । यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई पाँच अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौँ स्थानमा छ ।

यस्तै, म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । यस बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ ।

ADVERTISEMENT

युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ । चौथो स्थानको टोटेनहमसँग दुई अंकले अघि छ । टोटेनहमले एक खेल बढी खेलेको छ । साउथहृयाम्टन २२ अंक जोडेर पुछारमा छ ।

यता, स्पेनिस ला लिगामा बार्सिलोनाले बिल्वाओमाथि १–० को झिनो जित निकाल्यो । बार्सिलोनाका लागि पहिलो हाफको इन्जुरी समयमा सर्जियो बुस्क्वेट्सको पासमा राफिन्होले निर्णायक गोल गर्नुभएको थियो । यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई पुनः नौ अंकले पछि पारेको छ । बार्सिलोनाको २५ खेलबाट ६५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको रियलको ५६ अंक छ । पराजित बिल्वाओ ३३ अंक जोडेर नवौँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?