धनगढी । कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन् । जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका-११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी-१ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका-५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts