काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् ।
दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ । यसअघि हिजो उम्मेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । चैत ५ गते हुने निर्वाचनका लागि शनिबार देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन ।
निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उमेदवार वि.सं. २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् ।
यसैबीच, स्ववियु निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। देशभरका क्याम्पसमा आइतबार (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts