‘ऋग्वेदसंहिता’ विमोचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । पं.हिरण्यकान्त उपाध्याय न्यौपानेद्वारा लिखित ‘ऋग्वेदसंहिता’को विमोचन गरिएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले काठमाडौंमा आयोजिक एक विशेष समारोहमा कृतिको विमोचन गर्नुभएको हो ।

वेदले बताएका ज्ञानका बारेमा जिज्ञासा राख्नेका लागि यो पुस्तक महत्वपूर्ण रहेको भन्दै हाम्रा पौराणिक ग्रन्थहरूको अनुवाद-सम्पादन आदि कार्य भइरहन आवश्यक रहेको उहाँले बताउनुभयो । पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले हाम्रा धर्म-संस्कृति-परम्पराहरूको संरक्षण-सम्बद्र्धनको आवश्यकताका बारेमा चर्चा गर्दै वेदलाई नेपालीमा व्याख्या गर्दै सबैले बुझ्न सक्ने बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

ADVERTISEMENT

डा.केदार न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, प्रा.गुणनिधि न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकाल, पुस्तकका सम्पादक प्रा.डा. सुरापति पोखरेल, लेखकका पुत्र भूमिकुमार न्यौपाने, डा.शान्तिकृष्ण अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?