गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको हो : अध्यक्ष राउत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताउनुभएको छ ।

शनिवार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताउनुभएको हो । उहाँले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्नेकुरा भएको जानकारी दिनुभयो ।

उहाँले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गर्नुभयो । आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरुले उम्मेदवारी फिर्ता नलिने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धनकै निर्णय अनुसार तीनवटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ । निर्वाचन आयोगले पनि जुन निर्णय गरेको छ, संविधानको धारा टेकेर त्यो अनुसार उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने संविधानको मर्म पनि त्यही रहेको हुनाले हामीले महिला उम्मेदवारलाई अगाडी सारेका हौँ । गठबन्धनमा कुरा मिल्नसक्छ । भोलिसम्म समय छ । मलाई पूरा विश्वास छ हाम्रो साझा उम्मेदवार हुनुहुन्छ, ममताजी उहाँकै पक्षमा निर्णय हुनेछ भन्ने । हामी अन्तिममा केही मिलेन भने मित्रवत् प्रतिष्पर्धा हुन्छ । हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ । संविधानको रक्षाको लागि तत्पर हुनुहुन्छ । कानूनी पृष्ठभूमिबाट हुनुहुन्छ । उहाँ योग्य हुनुहुन्छ हरेक दृष्टिकोणबाट । त्यहीभएर उहाँले जित्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । अन्तिम बटमलाइन भनेको मित्रवत प्रतिष्पर्धा हुन्छ ।’

ADVERTISEMENT

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताउनु भयो । उहाँले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताउनु भयो । उहाँले आफू संविधानलाई सशक्त रुपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधानको पनि मर्म छ कि सबै जातजाति, सबैको राम्रो प्रतिनिधित्व हुनुपर्छ । सबैको प्रतिनिधित्व भएपछि मात्रै विकास हुनसक्छ । एक महिला छ मधेसबाट आएको, संविधानको मर्मलाई जीवित राख्नको लागि, संविधानलाई जीवित राख्नको लागि यो उम्मेदवारी दिएको छु ।’

उहाँले आफूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीले गरेको निर्णयबाट आफू एक इन्चपनि तलमाथि नहुने स्पष्ट पार्नुभयो । सशक्त ढंगले अगाडी बढ्ने उहाँको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज