ईश्वरपुरमा खुल्यो आँखा उपचार केन्द्र

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरी नगर अस्पताल परिसरभित्रै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । आँखा उपचार केन्द्रको आज ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य र नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल भएर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मन्तव्य राख्दै ईश्वरपुर नगरपालिकाले यस भेगमै नमूनाका रुपमा भरतपुरका चिकित्सक ल्याएर आँखाका बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाएर आर्थिक अवस्था कमजोर रहेका वर्गलाई टेवा पुग्ने काम गरेको भन्दै प्रशङ्सा गर्नुभयो ।

ADVERTISEMENT

आँखा उपचार केन्द्रको उद्घाटनकै अवसरमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुर निवासी सन्तोष सुवेदी र सुमन दाहालले नगर अस्पतालका लागि सात थान शैय्या र बिरामी तथा उनीहरुको कुरुवाले हेर्नका लागि एक थान टेलिभिजन प्रदान गर्नुभएको छ । त्यस्तै, ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले एक थान दराज प्रदान गरेको छ ।

सहयोगीदाता सन्तोष सुवेदी, सुमन दाहाल, ग्रामीण नारी उत्थान सङ्घ र आँखा उपचार केन्द्र स्थापना गर्न सहयोग गर्नुहुने भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेलाई सोही कार्यक्रममा सम्मान पत्रबाट सम्मान गरिएको छ ।

यसैबीच, आजै नगर अस्पतालभित्रै आयोजना गरिएको रक्तदान शिविरमा २० जनाले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज