दुर्गम गाउँका खेतियोग्य जमिन वर्गीकरण, प्रबिधिसँग जोडेर उत्पादन बढाउने गाउँपालिकाको तयारी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । छरिएका बस्ती । भौगोलिक विकटता र त्यसमाथि सिंचाइको सहज पहुँच नपुगेका उर्वरभूमि । जहाँ आलु, भाँगो र सिमीहरु लटरम्मै फल्छन् । बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएको हुँदा कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिंचाईको व्यवस्थापन गर्न पनि उत्तिकै कठिनाई छ ।

सिंचाइका लागि भिर, कुना कन्दरा र पहरा फोडेर कुलो बनाउन संभवनानै देखिदैन । यद्यपी कृषकहरुले जसोतसो जीवनयापन गर्न खाद्यान्न उपात्दन गर्दै आएका छन् । सिंचाइको व्यस्थापना गर्न समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्रका बनाई उत्पादनलाई बढाउने तर्फ लागेको छ । गाउँपालिकाले पाँच वटै वडाहरुलाई पकेट क्षेत्रका रुपमा विस्तार गरेको छ ।

वडा नम्बर ४ को लाम्मेलालाई आलु पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर कृषकलाई आधुनिक उपकरण, उन्नत जातका बिउमा वितरण गरि साना सिंचाइ परियोजनासमेत संचालन गर्न गरि योजना अगाडि बढाएको गाउँपालिकाका कृषि शाखा प्राविधिक शन्देश पराजुलीले बताउनुभयो ।

ADVERTISEMENT

तमान गाउँका ३ सय पचास बढि घरका कृषकले आलु उत्पादन गर्दै आएका छन । लामो समयदेखि परम्परागत रुपमा आलु उत्पादन गर्दै आएका यहाँका स्थानीयलाई पकेट क्षेत्र घोषणा गरि अनुदान प्रदान गर्ने र व्यवसायिक बनाउने तर्फ गाउँपालिका लागेको उहाँको भनाई छ । लाम्मेलाका हरेक कृषकले वार्षिक न्यूनतम ५०० किलोदेखि माथी तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको कृषि शाखाले जनाएको छ ।
पालिकाले लाम्मेलासँगै वडा नम्बर ६ को नर्जाखानी, वडा नम्बर २ को मुठाचौर लगाएतका ठाउँलाई पनि आलु पकेट क्षेत्र विस्तार गरेको छ । यि वडा बाहेक आलु उत्पादन हुँदै आएका अन्य क्षेत्रमा पनि आधुनिक तरिकाले खेतीलाई गर्ने गाउँपालिकाले जनाएको छ । यस वर्ष नयाँ पकेट क्षेत्रका लागि १० लाख र पुरानोलाई निरन्तरता दिनका लागि ५ लाख गरि १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

कृषकलाई आवश्यक बिउभिजन, तालिम तथा परामर्शसँगै प्रबिधिसँग जोडनु थालेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । खेतीयोग्य जमिनको वर्गीकरण गरि कृषकलाई अनुदानसँगै सिंचाईको व्यवस्थापन गर्नका लागि गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उहाँको भनाई छ ।
अध्यक्ष बुढा मगरले भन्नुभयो– “गाउँपालिकाको आर्थिक उर्पाजनको माध्यमनै कृषि हो, कृषकलाई व्यवसायिक र आधुनिक प्रबिधिसँग जोडेर उत्पादन बढाउने गरि कामको थालनी गरेका छौैँ, यहाँ मुख्य गरि कृषि र पशुपालनै गर्ने कृषकको संख्या ठूलो छ, पालिकाले पनि सोही अनुसार बजेट विनियोजन गर्दै आएको छ, जहाँ जुन चिज उत्पादन हुन्छ, माटो र हावापानी अनुसार बालीनाली लगाउन कृषकलाई प्रेरित गरि रहेका छौँ ।
भौगोलिक कठिनाईका कारण धेरै ठाउँमा सिंचाइको समस्या रहेको भन्दै प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा कुलो तथा नहर निर्माण गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो । पालिकाले रहेक वर्ष कृषि र पशुपालनका लागि बजेटसमेत वृद्धि गर्दै गएको अध्यक्ष बुढा मगरको भनाई छ । उहाँका अनुसार वडा नम्बर १, २ र ३ लाई पनि खाद्य बालि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *