जुम्ला । जुम्ला लगायत माथिल्ले कर्णालीका हिमाली जिल्लामा वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने गरी ०७९ माघ ६ गते मन्त्रिस्तरीय निर्णय गरेसंगै माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिनुभयो ।
सो परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका ८ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिक सत्र संचालन गर्ने निर्णय भएको छ ।
शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख भण्डारीले भन्नुभयो,“उक्त निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमति समेत जनाएकाछन् । यसअघि हिमाली जिल्लाहरूमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । जुम्ला लगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र संचालन गर्दै आएको थियो । जिल्लामा अब २०८० साल देखि वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख भण्डारीको भनाइ छ । ”
यहाँका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ । संघीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई कार्यान्वयनमा ल्याई आउने वैशाखबाट नयाँ र्शैक्षिक सत्र सूरु गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।
जिल्लाको केही स्थानीय तहले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिएकाछन् । जिल्लाका स्थानीय तहले माघ २५ गतेदेखि नै विद्यालय संचालनमा आएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा