आगलागी भएको श्री एअरलाइन्सको विमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

ADVERTISEMENT

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमान भैरहवातर्फ नगई काठमाडौंमै फर्किएको हो । उहाँका अनुसार विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?