काठमाडौं। काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमान भैरहवातर्फ नगई काठमाडौंमै फर्किएको हो । उहाँका अनुसार विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts