मुम्बई । बलिउडका चर्चित निर्देशक तथा चर्चित अभिनेता सतीश कौशिकको निधन भएको छ । ६७ वर्षको उमेरमा आज बिहान उहाँको निधन भएको हो ।
यो जानकारी उहाँका नजिकका साथी अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत दिनुभएको छ । उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘मृत्यु यस संसारको अन्तिम सत्य हो । तर जिउँदै मेरो मिल्ने साथी सतीश कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ ।’
यसपछि अनुपम खेरले निकै दुःखका साथ लेख्नुभएको छ, ‘४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम’ ।
उहाँका फ्यान र बलिउड जगतका सेलिब्रेटीहरूलाई सतीश कौशिकको निधनले शोकमा पुर्याएको छ । मिडिया रिपोर्टका अनुसार उहाँको निधन हृदयघातका कारण भएको हो ।
सतीशले आफ्नो करियर सन् १९८३ मा फिल्म जाने भी दो यारोबाट सुरु गर्नुभएको थियो । यसअघि पनि उहाँले धेरै थिएटरमा काम गरिसक्नुभएको थियो तर पहिचान भने पाउन सक्नुभएको थिएन ।
जानता हूँ “मृत्यु ही इस दुनिया का अंतिम सच है!” पर ये बात मैं जीते जी कभी अपने जिगरी दोस्त #SatishKaushik के बारे में लिखूँगा, ये मैंने सपने में भी नहीं सोचा था।45 साल की दोस्ती पर ऐसे अचानक पूर्णविराम !! Life will NEVER be the same without you SATISH ! ओम् शांति! 💔💔💔 pic.twitter.com/WC5Yutwvqc
— Anupam Kher (@AnupamPKher) March 8, 2023






