२० वर्षदेखि बाँझो जग्गामा सामूहिक आलुखेती

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

सुरेश धामी/हिटा
बझाङ । बझाङको सुर्मा गाउँपालिका-१ तोलातोलीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिकरूपमा सामूहिक आलुखेती सुरु गरेका छन् । नवयुवा कृषक समूहले तोलातोलीमा ४२ रोपनी जग्गामा झाडी फँडानी गरेर आलुखेती विस्तार गरेको हो ।

एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष रमेश बोहराले बताउनुभयो । उहाँका अनुसार समूहमा आबद्ध १५ जनाको प्रयासबाट व्यावसायिकरूपमा सामूहिक आलुखेती गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बझाङको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आलु जोन कार्यक्रममार्फत् सामूहिकरूपमा आलुखेती सुरु गरेको कृषक समूहले तोलातोलीमा मात्रै ४२ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको परियोजना कार्यान्वयन इकाई बझाङका नायब प्राविधिक सहायक कुम्भराज रोकायाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

‘बाँझो जग्गामा आलुखेती गरिएपछि वर्षौंदेखि बाँझो रहेको जग्गाको स्वरूप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलुखेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्ने रोकायाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा आलु जोन कार्यक्रमका लागि परियोजना कार्यान्वयन इकाई बझाङले आवेदन पेश गरेर छनोट भएको सुर्मा गाउँपालिका-१ को उक्त समूहलाई आलु जोनसम्बन्धी तालिम, सिँचाइ पोखरी निर्माण, घेराबारा निर्माण, बीउविजन र कृषिजन्य औजार खरिदका लागि आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज