भोजपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्याम लाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण गर्नु भएको छ । सोक्रममा शाखाहरुको निरीक्षण सहित कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।
प्रदेश प्रहरी प्रमुख ज्ञवालीले कानुनको परिधि भित्र रहदै प्रहरी आचरण र ब्यवहारमा सुधार सहित व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभयो ।
जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न चेतना मुलक कार्यक्रमहरु संचालन गर्न, यातायातको पहुँच कम भएको स्थानहरुमा जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका प्रहरी युनिटहरुले समय समयमा लामो तथा छोटो गस्ती गर्न, अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी आम नागरिकहरुको सुरक्षामा ध्यान दिन पनि प्रहरी प्रमुख ज्ञवालीले भोजपुर प्रहरीलाई निर्देशन दिनुभयो ।
सोहीक्रममा जिल्ला प्रहरी कार्यालयको परिसरमा वृक्षरोपण कार्यक्रम समेत गरिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts