शल्यक्रियाबाट आँखा देखेपछि वृद्धवृद्धा खुशी

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । उमेरले ७२ बर्ष पुग्नु भएका भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका वडा नम्वर ५, दोभानेका लाक्पा शेर्पाले डाक्टरलाई भगवान नै मान्नुभयो । कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उहाँले पनि मोतियाबिन्दु भएको आँखाको शल्यक्रिया गराउनु भयो ।

बिगत दुई बर्ष देखि देब्रे आँखामा मोतियाबिन्दु भएर आँखा देख्न छाडनु भएका शेर्पाले पुन पहिलाको जस्तै आँखा देख्न थाल्नु भएपछि भन्नुभयो, “मेरो आँखा पुन पहिला कै अवस्थामा देख्ने बनाई दिने डाक्टर मेरा लागि त भगवान नै भए नि ।” आर्थिक समस्या र जिल्ला बाहिर गएर उपचार गराउन नपाउने आँखाका रोगीहरुका लागि गाउँ मै आएको शिबिर बरदान सावित भएको छ ।

नेपाल नेत्रज्योती संघ आँखा तथा कान कान उपचार केन्द्र भोजपुरको आयोजना तथा गाउँपालिकाको सहयोगमा संचालित शिविरमा बिराटनगर आँखा अस्पताल रानीको बिशेषज्ञ स्वास्थ्यकर्मीले सेवा दिनु भएको थियो । डाक्टर आशिष कर्मचार्य लागायतको टोलीले शिविरमा प्राबिधिक सहयोग गरेको हो ।

ADVERTISEMENT

गाउँमा चलेको शिविरमा २ सय ६३ जनाले आँखाको उपचार पाउनु भयो भने ५९ जनाको मोतिबिन्दु र ७ जनाको सामान्य अप्रेसन भएको छ । नेपाल नेत्रज्योती संघ आँखा तथा कान कान उपचार केन्द्र भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रहरुमा सुरु गरेको गाउँ केन्द्रित शिविरहरु प्रभावकारी बनेको नेपाल नेत्रज्योती संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज