सर्लाही । सर्लाहीको बलरा नगरपालिका-२ मा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकाे प्रहरीले जनाएको छ ।
भारतिय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता