बैतडी । बैतडीका विद्यालयहरुले होली खेलेर संकलन गरेको रकम शैक्षिक गुणस्तर सुधारका लागि खर्च गर्ने जनाएका छन् । यस बर्षको फागु पर्व अर्थात होली खेलेर संकलन भएको रकम यहाँका विद्यालयहरुले आवश्यक शैक्षिक सामाग्री खरिदमा लगानी गर्ने बताएका हुन् । होली खेलेर संकलन भएको रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरीने सिद्धेश्वर मावि पाटन नगरपालिका-९ हुक्केडाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउनुभयो ।
‘शिक्षक विद्यार्थी मिलेर ४ दिन सम्म होली खेलेर सबै खर्च कटाएर १ लाख ७५ हजार २६३ रुपैयाँ संकलन भएको छ’ अध्यक्ष भाटले भन्नुभयो ‘उक्त रकम शैक्षिक खेलकुद सामाग्री खरिद र कक्षा कोठा व्यवस्थापनमा खर्च गर्छाै’ । होली खेल्न अभिभावकहरुको घरदैलोमा पुग्दा विद्यालय र अभिभावक संगको सम्बन्ध बिस्तार भएको उहाँको भनाइ छ ।
जिल्लाका सामुदायिक विद्यालयहरुले पर्वको मौलिकताको संरक्षणका साथै आर्थिक भौतिक अवस्थालाई सुधार गर्न पनि होली खेल्ने गरेका छन् । शिक्षक अभिभावक र विद्यार्थीहरु बिचको सम्बन्ध पनि सुदुढीकरण हुदै जाने सिगास मावि पाटन ३ प्रधानाध्यापक धनिदत्त पन्तले बताउनुभयो । प्रधानाध्यापक पन्तकाअनुसार यो बर्ष होली खेलेर ४ लाख १० हजार संकलन गरेको छ ।
‘विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक शैक्षिक सामाग्रीहरु प्रोजेक्टर, कम्प्युटर खरिद गर्ने योजना छ’ प्रधानाध्यापक पन्तले भन्नुभयो ‘अझै यस बिषयमा विद्यालय व्यवस्थापन समितिको बैठेकमा निर्णय गर्छौ समग्रमा शैक्षिक गुणस्तर वृद्धिमा नै खर्च हुन्छ । ’
होली खेलेर संकलन भएको रकमले विद्यालयमा सरस्वतीको मन्दिर निमार्ण खर्च गरिने सरस्वती मावि पाटन १० सल्लेबासाका प्रधानाध्यापक लोकराज भट्टले बताउनुभयो । विद्यालयले होली खेलेर १ लाख ४६ हजार बचत गरेको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाको सुर्नया गाउँपालिका-४ डवरालीमा रहेको पञ्चदेव आधारभुत विद्यालयले पनि होली खेलेर १ लाख ८० हजार ५५३ रुपैयाँ संकलन गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सो रकम खर्च हुने शिक्षक भान बहादुर महराले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts