सडक पीचमा गुणस्तरीय नभएको भन्दै स्थानीय आक्रोशित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा सडक पीचको काम गुणस्तरीय नभएको भन्दै स्थानीहरु आक्रोशित बनेका छन् । जिल्लाको सदरमुकाम तम्घासदेखि धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा जाने मोटरबाटोको पीचको काम गुणस्तरीय नभएको भन्दै स्थानीयहरुले सामाजिक सञ्जाल फेसबुकबाट आक्रोश व्यक्त गरेका हुन् ।

स्थानीयहरुले सडकमा खटिएका प्राविधिकहरुले गुणस्तरहिन काम गरेको भन्दै आलाेचना हुनथालेपछि जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी प्रमुख नविन किशोर प्रधान, अधिकांश सरकारी निकायका प्रमुख, जनप्रतिनिधि र स्थानीयलगायतले निर्माण स्थलमै पुगी अनुगमन गर्नुभयो ।

तम्घास-रेसुङ्गा सडक खण्डको २०७४ साल असार ३० गते १७ करोड १८ लाख ४९ हजार ३९० रुपियाँ लागतमा सम्झौता भई पिच गर्ने जिम्मा रामेछाप कन्ट्रक्सन प्रालिले पाएको थियो । तम्घासको खानीगाउँदेखि रेसुङ्गा महापोखरीसम्म कूल ६ किलो मिटर पीच गर्ने जिम्मा पाएको त्यस निर्माण प्रालिले अहिलेसम्म पनि काम सम्पन्न गरेको छैन् । ८० प्रतिशत कामको मुल्याङ्कन देखाउँदै भुक्तानी भने १३ करोड ५२ लाख २८ हजार ६५२ रुपियाँ निर्माण व्यवसायीलाई दिइएको सडक पुर्वधार विकास कार्यालय प्रमुख ईन्जिनियर सचितानन्द चौधरीले जानकारी दिनुभयो । तर भुक्तानी अनुसारको काम नभएको स्थानीय गुनासो छ ।

ADVERTISEMENT

पीच गर्नका लागि तयार पारिएको बेसमा बिछाईएको प्राईम हात वा कुनै बस्तुले कोट्उँदा सजिलै बगरको बालुवा जस्तै आउने भएपछि स्थानीयसहित सरोकारवाला समेतले आक्रोश व्यक्त गरेका हुन् । सडक पुर्वाधार विकास कार्यालय तम्घासले सुपरिवेक्षण गर्नुपर्ने, निर्माण व्यवसायीबाट राम्रो काम लिई राज्यलाई गुणस्तरीय काम दिनुपर्ने दायित्व बोके पनि जिम्मेवारी पूर्वक प्राविधिकहरुले काम नगरेको स्थानीयको भनाई छ ।

सरोकारवालाहरुले गुणस्तरीय काम गर्न र गराउन दबाव दिएका थिए । सडक पुर्वधार विकास कार्यालय प्रमुख ईन्जिनियर चौधरीले गुणस्तर नदेखिएका ठाउँहरुमा पुनः गुणस्तरीय काम गर्ने र गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले प्राविधिकहरुलाई गुणस्तरीय काम हुने गरी सुपरिवेक्षण गर्न आग्रह गर्दै बजेट अभाव भए त्यसको व्यवस्था आफुहरुले मिलाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज